२०८२ असार १२ बिहीबार

राशिफल

सुनको मूल्य सातामा २८ सयले गिरावट

काठमाडौँ  : नेपाली स्थानीय बजारमा यो हप्ता सुनको मूल्य प्रतितोला २ हजार ८०० हजार रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साताको शुक्रबारदेखि हिजो (शुक्रबार) सम्ममा उक्त मूल्यमा गिरावट आएको हो ।

 

गत हप्ता शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख २ हजार ६०० रुपैयाँ थियो भने जुन, हिजो शुक्रबारसम्म आइपुग्दा २ हजार ८०० रुपैयाँले घटेर ९९ हजार ८०० रुपैयाँमा आइपुगेको छ ।

यसबीचमा तेजाबी सुनको मूल्य पनि तोलामा २ हजार ८०० रुपैयाँले नै घटेर ९९ हजार ३०० रुपैयाँ कायम भएको छ ।

यसैगरी चाँदी तोलाको तीस रुपैयाँले घटेको छ । महासंघले बताएअनुसार शुक्रबार चाँदीको मूल्य प्रतितोला १४ सय १५ रुपैयाँ रहेकोमा यो साताको शुक्रबार १३ सय ८५ रुपैयाँ मूल्य निर्धारण भएको छ ।