२०८२ असार १२ बिहीबार

राशिफल

प्रधानमन्त्री शेरबहादुर देउवाद्धारा माथिल्लो तामाकोशी जलविद्युतको अवलोकन

काठमाडौँ :  प्रधानमन्त्री शेरबहादुर देउवाले शनिवार दोलखा जिल्लास्थित माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको अवलोकन गरेका छन् ।

कुल ४५६ मेगावाट क्षमताको उक्त आयोजनाले व्यवसायिक उत्पादन थालिसकेको छ । नेपाली पूँजीबाट निर्माण भएको उक्त आयोजनालाई मुलुकको अर्थतन्त्रको ‘गेमचेञ्जर’ आयोजनाको रुपमा विज्ञहरुले चित्रण गर्ने गरेका छन् ।

दोलखाको बिगु गाउँपालिका–१ लामाबगरमा आयोजनाको बाँध र गोंगरमा विद्युत् गृह स्थापित रहेको छ ।

आयोजनाबाट २ अर्ब २८ करोड युनिट वार्षिक विद्युत् उत्पादन हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

उक्त आयोजनामा ८ दशमलव ४५ किलोमिटर लामो मुख्य सुरुङ र १ हजार १६५ मिटर लामो पेनस्टक निर्माण गरिएको छ। उक्त आयोजनाको सम्भाव्यता अध्ययन तथा पहुँचमार्ग विस्तृत अध्ययन डिजाइनको काम नेपाल विद्युत् प्राधिकरणले विसं २०५७ देखि २०६० सम्ममा गरेको थियो।

आज प्रधानमन्त्रीले उक्त आयोजना अन्तर्गत मन्थली नगरपालिका–१३ स्थित साँखे (फुलासी) मा निर्माण सम्पन्न भएको नयाँ खिम्ती सब स्टेसनको उद्घाटन गरेका छन ।