काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर ले महानगरबासीले दिएको धेरै जिम्मेवारी आफूले पूरा गरेको
बताएका छन ।
शाक्यले सबै वडालाई प्रशस्त बजेट दिएर आफूले काम गर्ने उचित वातावरण सिर्जना गरेको समेत बताए । आज काठमाडौं महानगरपालिका वडा नम्बर १४ को वडा कार्यालय भवन उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले भने, ‘ महानगरबासीको सबै चाहना पूरा गर्न नसकेपनि सुम्पेको धेरैजसो जिम्मेवारी मैँले पुरा गरेको छु ।’
मेयर शाक्यले सबै वडा कार्यालयहरुलाई काम गर्न उचित वातावरण बनाएर आफूले अभिभावकीय भूमिका निर्वाह गरेको समेत कार्यक्रममा उल्लेख गरेका छन् ।
सबै वडाहरुलाई प्रशस्त बजेट दिने, काम गर्ने वातावरण बनाउने र त्यसका लागि आवश्यक टिम परिचालन गर्ने काममा आफूले कमी हुन नदिएको उल्लेख गर्दै मेयर शाक्यले सबै काम सम्पन्न नै भइसक्यो भनेर दावी गर्न भने उनले आँट गरेनन् ।
उनले भने,‘ आगामी चुनाबमा अहिले भएका कम्जोरीहरुलाई सच्याएर अगाडी बढ्न समेत सकिन्छ तर कामका आधारमा सबैले मुल्याङकण गर्नृु जरुरी छ ।’
तपाइँको प्रतिक्रीया