२०८२ असार १२ बिहीबार

राशिफल

चुनाव जित्न अरुको भरमा पर्नुृ हुँदैन  : झलनाथ खनाल

काठमाडौं  : नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा आफ्नै शक्तिमा प्रतिस्पर्धा गर्नु उचित रहेको बताएका छन ।

अरुको आड लागेर मात्र चुनाव जित्न नसक्ने भन्दै उनले कार्यकर्ताहरुलाई आफ्नै शक्ति विस्तार गर्नका लागि सुझाव दिएका हुन् ।

नेकपा एकीकृत समाजवादीको गुल्मी सम्पर्क समितिले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा उनले स्थानीय निर्वाचनमा सत्तारुढ गठबन्धनका पाँच दलबीच तालमेलको सम्भवना भए पनि त्यो त्यति भरपर्दो नहुने बताएका छन् । उनले भने,‘ चुनाव भनेको युद्धमा उत्रिनु हो त्यसैले युद्ध जित्नका लागि कसैको भरमा पर्नुृ राम्रो हुँदैन ।’

उनले सत्तारुढ गठबन्धनबीच खास खास अवस्थामा खास खास ठाउँमा मात्र चुनावी तालमेल गर्ने बताए ।