२०८२ असार १२ बिहीबार

राशिफल

प्युठानमा बस दुर्घटना, २३ जना घाइते

काठमाण्डौं : प्युठानमा शनिबार यात्रुबाहक बस दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ ।

दुर्घटनामा २३ जना घाइते भएका छन् । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका १ की एक वर्षीया अंशु परियार रहेकी छन् । घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

प्युठानबाट घोराही जाँदै गरेको ना।३ ख ७१३२ नम्बरको बस मर्काबाङको सेतोपरामा दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएकाहरुलाई अहिले घोराहीको राप्ती स्वास्थ्य प्रतिष्ठानमा ल्याइएको छ ।