काठमाडौँ : सर्लाहीको लालबन्दी नगरपालिकामा फरार अभियुक्त पक्राउ गर्न गएको प्रहरीमाथि आक्रमण गरिएको छ ।
लालबन्दी नगरपालिका वडा नम्बर १२ र १३ को सीमामा पर्ने झोलुङ्गे पुलमा स्थानीय युवाहरुले पत्थरकोट प्रहरी चौकीका इन्चार्ज प्रहरी नायव निरीक्षक (सई) रामएकबवालमाथी आक्रमण गरेका छन ।
गएराति बिहीबार फरार अभियुक्तलाई समात्न जाने क्रममा प्रहरीमाथी आक्रमण भएको सर्लाही प्रहरी प्रमुख एसपी कृष्ण प्रसाईंले बताए ।
अहिले घाइते यादवको काठमाडौंस्थित नेपाल प्रहरी अस्पतालमा उपचार भइरहेको छ । आक्रमण गरेर फ्रार भएको समुहको खोजि कार्य भइरहेको एसपी प्रसाईँले बताएका छन ।
आक्रमण गर्ने समूह फरार भएको र उनीहरुको खोजी भइरहेको एसपी प्रसाईंले बताए
तपाइँको प्रतिक्रीया