काठमाडौंं :विप्लवले क्रान्ति विरोधी, फिर्ता नभए पार्टी विभाजनको चेतावनी दिएका छन ।
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको जारी केन्द्रीय समिति बैठकमा महासचिव नेत्रविक्रम चन्द विप्लवले पेश गरेको राजनीतिक प्रस्ताव क्रान्ति विरोधी र विभाजनकारी भएको नेताहरुले धारणा व्यक्त गरेका छन् ।
हिँजो बाँडिएको प्रस्तावमा चुनावमा सहभागी हुने भनिएको थियो तर आज उक्त प्रस्ताव अध्ययनको लागि भएको बताउँदै शनिबार केन्द्रीय सदस्यहरुलाई बाँडिएको थियो ।
प्रस्तावमाथि धारणा राख्दै सचिवालय सदस्यहरुले नै प्रस्ताव क्रान्ति विरोधी र विभाजनकारी भएको आरोप लगाउँदै फिर्ता लिन सुझाव दिएका छन् ।
तपाइँको प्रतिक्रीया