२०८२ असार १२ बिहीबार

राशिफल

निर्वाचनमा ओलीलाई ठूलो सजाय दिनुपर्छ  : झलनाथ खनाल

काठमाडौँ : सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आगामी निर्वाचनमा नेकपा (एमाले)ले सबैभन्दा ठूलो सजाय पाउनुपर्ने बताएका छन् ।

पूर्वप्रधानमन्त्री रहेका खनालले संसद विघटन गरेर संविधानको उलंघन गरेकाले केपी ओलीलाई आगामी निर्वाचनमा नेपाली जनताले सबैभन्दा ठूलो सजाय दिनुपर्ने बताएका छन् ।

शनिबार काठमाडौंमा पार्टीको गुल्मी–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले संविधानको प्रावधानविरुद्ध गएर संसद विघटन गर्ने योजना बनाउने काममा ओलीलाई सहयोग गरेको भन्दै राष्ट्रपति विद्या भण्डारीप्रति पनि असन्तुष्टि व्यक्त गरे ।