२०८२ असार १२ बिहीबार

राशिफल

दुर्योधनभन्दा पनि बढी घमन्ड ओलीमा चढेको छ : मन्त्री आले

sf7df8f}F, @$ kmfu’g M vKt8sf] ko{6g ljsf; cGtlqmofdf dGqL cfn] ;+:s[lt, ko{6g tyf gful/s p88ogdGqL k|]daxfb’/ cfn] vKt8 ko{6g ljsf; ;ldltåf/f cfof]lht …vKt8sf] ko{6g ljsf; cGtlqmofÚ sfo{qmdnfO{ ;Daf]wg ub}{ . tl:a/ M ljdnaxfb’/ lji6÷/f;;

काठमाण्डौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले स्थानीय तह निर्वाचनमा ६० प्रतिशत जित हासिल गर्ने घमन्ड नगर्न एमाले अध्यक्ष केपी ओलीलाई चेतावनी दिएका छन् ।

ओलीकै घमण्डका कारण बामपन्थीहरुको दुई तिहाइ नजिकको संघीय सरकार ढलेको र प्रदेश सरकार पनि गुमाउनु परेको उल्लेख गर्दै मन्त्री आलेले स्थानीय तह निर्वाचनमा पनि ६० प्रतिशत जित हासिल गर्ने ओलीको घमन्डलाई नेपाली जनताले जवाफ दिने पनि बताएका हुन् ।

उनले एक कार्यक्रममा बोल्दै उनले ओली नेतृत्वकै सरकारले नारायणहिटी संग्राहलय र पशुपतिमा रहेको धर्मशाला कौडीको मूल्यमा बिचौलियालाई बुझाएको दाबी गर्दै ओलीले अब घमन्ड गर्न नमिल्ने बताए ।

उनले भने, ‘आज कोही व्यक्तिको अहङ्कारले गर्दा संघको सरकार पनि गयो । प्रदेशको सरकार पनि गयो । अझै त्यो व्यक्तिले अव आउने वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा ६० प्रतिशत गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकामा जित्छु भन्ने जुन घमन्ड गरेको छ ।

त्यो घमन्ड मलाई कस्तो लाग्छ भने महाभारतको दुर्योधन र हाम्रो नेपालको राजनेता भनाउँदो केपी ओली दुइटैलाई दाँज्यौ भने अहङ्कारमा कुनै कमी छैन । तपाईंहरु मूल्याङ्कन गर्नुहोस् । जनताले आगामी वैशाख ३० गते जवाफ दिनेवाला छन् ।’