२०८२ जेठ २२ बुधबार

राशिफल

खुसी प्रतिवेदन प्रकाशित : नेपाल ८५ औं स्थानमा

काठमाडौँ  :  संयुक्त राष्ट्रसङ्घले विश्व खुसी प्रतिवेदन प्रकाशित गरेको छ।

शुक्रबार सार्वजनिक गरिएको उक्त प्रतिवेदनका अनुसार दक्षिण एसियाली मुलुकमा नेपाल ८५ औं स्थानमा रहेको छ ।

फिनल्यान्ड सर्वाधिक खुसी राष्ट्रका रूपमा सूचीकृत भएको छ। लगातार पाँच वर्षदेखि उक्त देश सर्वाधिक खुसी राष्ट्रको सूचीमा परेको छ।

दक्षिण एसियाली मुलुकमा नेपाल ८५ औं स्थानमा रहेको छ भने भारत १३६ औं स्थानमा पुगेको छ। गत वर्ष भारत १३९ औं स्थानमा थियो।

दक्षिण एसियाका खुसी देशको सूचीमा बङ्गलादेश ९९ औं र पाकिस्तान १०३ औं नम्बरमा पुगेको छ।

सूचीअनुसार चीन नेपालभन्दा तीन स्थानमाथि अर्थात् ८२ औं नम्बरमा रहेको छ। अफगानिस्तानलाई दक्षिण एसियाको दुःखी देशका रूपमा प्रतिवेदनमा चित्रण गरिएको छ।