२०८२ असार ३ मङ्गलबार

राशिफल

नेपाल आइडल सिजन ४ को फाइनल आज, कति बजेबाट सुरु हुन्छ ?

काठमाडौं : नेपाल आइडल सिजन ४ को फाइनल आज हुँदैछ।

बुद्धनगरस्थित एपीवान टेलिभिजनको स्टुडियो परिसरमा भव्य रूपमा फिनालेको आयोजना हुँदैछ।

साढे ५ बजे सुरु हुने फिनाले एपीवान टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुने आयोजकले जनाएको छ।

फाइनलमा झापाका विश्वास उप्रेती, भैरहवाका भूपेन्द थापा मगर, मोरङकी लक्ष्मी पौडेल, झापाका नाम्गेल तामाङ र रामेछापका रञ्जित नेपालीबीच प्रतिस्पर्धा हुँदै छ।