२०८२ असार १२ बिहीबार

राशिफल

गाउँपालिकालाई आलु र मकै पकेट क्षेत्र घोषणा

काठमाडौँ  :  बागलुङको निसीखोला गाउँपालिकालाई आलु र मकैको पकेट क्षेत्र घोषणा गरिएको छ ।

गाउँपालिकाको माथिल्लो उच्च क्षेत्रलाई आलु र तल्लो क्षेत्रलाई मकैको पकेट क्षेत्र घोषणा गरेको हो ।

कृषि शाखा प्रमुख ताराबहादुर परियारका अनु्सार वडा नं २ आलु र मकै तथा वडा नं ५, ६ र ७ लाई आलुको पकेट क्षेत्र घोषणा गरेको हो ।

गत वर्ष गाउँपालिकाले सात वटै वडामा विभिन्न फलफूल तथा खाद्यबाली पकेट क्षेत्र घोषणा गरेकामा यस वर्ष चार वडालाई आलु तथा मकैको पकेट क्षेत्र घोषणा गरिएको उनले बताएका थिए ।

शाखा प्रमुख परियारले पकेट क्षेत्रमा उपभोक्ता समिति निर्माण गरी सम्झौतासमेत भइसकेकाले अब काम अगाडि बढ्ने बताएका छन् । यसैगरी वडा नं ५ र ६ का लागि आलु उत्पादनका लागि अत्यन्तै उर्वर भूमि मानिएको छ ।