२०८२ असार १२ बिहीबार

राशिफल

फल्चाको पुनर्निर्माण सम्पन्न

ललितपुर : पुल्चोकस्थित हरेक वर्ष रातो मच्छिन्द्रनाथको रथ निर्माण गर्ने केही पर रहेको दुईसय वर्ष पुरानो इतिहास बोकेको समय् फल्चाको पुनर्निर्माण कार्य सम्पन्न भएको छ ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले पुल्चोक टोल सुधार समितिद्वारा शनिबार आयोजित एक कार्यक्रमका बीच सो फल्चाको शिलालेखको अनावरण गरेका हुन ।

उक्त अवसरमा प्रमुख महर्जनले आफूले हालसम्म ७५ पाटी निर्माण गर्न सफल भएको समेत जानकारी दिए । उनले समय् फल्चा पुनर्निर्माण गर्दा महाभारत नै खेप्नुपरेको पनि सुनाएका थिए ।