२०८२ जेठ २१ मङ्गलबार

राशिफल

ईन्जिनियरको चुनावमा शाक्यलाई पछि पार्दै प्रदेश सभापतिमा यादव बिजयी

काठमाण्डौं :  नेपाल ईन्जिनियर्स एसोसिएसनको निर्वाचनबाट ई. जयनाथ यादव १ नम्बर प्रदेश सभापतिमा बिजयी भएका छन् । उनले सभापति पदका प्रत्याशी ई. समिर शाक्यलाई ५३ मतान्तरले पछि पार्दै प्रदेश सभापतिमा बिजयी भएका हुन् ।

यादवले ई. डा. हरि बहादुर दर्लामीले नेतृत्व गरेको लोकतान्त्रिक ईन्जिनियर समुह (सिडेन) बाट उम्मेद्वारी दिएका थिए । उनका प्रत्याशी शाक्यले ३ सय १२ मत ल्याउँदा यादवले ३ सय ६५ ल्याएर जित हाँसिल गरेको एनडिसी खबरलाई बताए ।

स्थायी घर बिराटनगर भएका उनी लामो समयदेखि ईन्जिनियरिङ क्षेत्रको उत्थानका लागि अहोरात्र लागि परिरहेका छन् । आगामी दिनमा पनि ईन्जिनियरिङ क्षेत्रको सुधारको निमित्त सक्दो प्रयास गर्ने उनको भनाई छ ।