काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ३० वैशाखमा हुने निर्वाचनलाई विशेष युद्धका रुपमा लिन कार्यकर्तालाई निर्देशन दिएका छन् ।
आगामी चुनाव हारेमा माओवादी र माओवादी आन्दोलनबाट भएका उपलब्धी गुम्ने खतरा भएको भन्दै उनले निर्वाचनमा कार्यकर्तालाइृ खटेर लाग्न समेत आग्रह गरेका छन ।
उनका अनुसा्र यस पटकको चुनाव संघियतापछिको पहिलो चु्नाव भएकाले पनि चुनावमा विजय हुनका लागि पहिले भन्दा फरकतरिकाले लाग्नुपर्ने बताए ।
सँम्पुर्ण जनतामा विश्वास दिलाउनका लागि सबै कार्यकर्ताहरुले आजै बाट चुुनावका विषयमा छलफल गर्नुपर्ने आश्यक रहेको बताए । उनले भने,‘ चुनावका लागि धेरै आरम नगरिकन गृहकार्यमा जुट्नुपर्छ ।’
माओवादीसँग विगतमा जस्तो मजबुत संगठन पनि नभएको भन्दै प्रचण्डले यो निर्वाचनलाई जीवन मरणको युद्ध बनाउन कार्यकर्तालाई आग्रह गरे ।
प्रचण्डले गठबन्धनको भर परेर ढुक्क नहुन पनि आग्रह गरे । माओवादी कमजोर भएमा गठबन्धन पनि काम नलाग्ने भन्दै उनले आफैं बलियो हुनुपर्ने बताए
तपाइँको प्रतिक्रीया