२०८२ जेठ २२ बुधबार

राशिफल

पछिल्लो २४ घण्टामा थप १७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौ  :  पछिल्लो २४ घण्टामा १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार एक हजार ९९३ पीसीआर परीक्षण गर्दा आठ जना र दुई हजार ५५० एन्टिजेन परीक्षण गर्दा नौ जना गरी १७ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ४०९ रहेको छ । गएको पछिल्लो २४ घण्टामा भने कसैको पनि मृत्यु भ्एको छैन ।