काठमाडौँ : सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ बेसिन्दा र चेप्चेवाका पहिरोबाट विस्थापितलाई जग्गा प्रदान गरिएको छ ।
गाउँपालिकाका अध्यक्ष रामबहादुर कुलुङका अनुसार गाउँपालिकाले जग्गा खरिद गरी बेसिन्दाका २५ परिवारलाई वडा नं १ को चित्रे गाउँमा पुनःस्थापना गर्न जग्गा प्रदान गरेको हो ।
गत २०७७ साल असार २७ गते बेसिन्दामा राति आएको पहिरोमा परी बेसिन्दा र चेप्चेवाका ९२ घरपरिवार विस्थापित भएका थिए ।
पहिरोबाट विस्थापित बेसिन्दाका २५ परिवारलाई जग्गा खरिद गरि रजिष्ट्रेशन पास गरिएको र विस्थापित ९२ घरपरिवारमध्ये ३७ घरपरिवारलाई जग्गा खरिद गरी हस्तान्तरणको प्रक्रिया अघि बढेको अध्यक्ष कुलुङले जानकारी दिए ।
जिल्ला विपत् व्यवस्थापन समितिले फागुन २९ गते जग्गा खरिद गरी हस्तान्तरण गर्ने निर्णय गरेको थियो । यो सँगै गाउँपालिकाभित्र नै बस्न चाहने २५ घरपरिवारका लागि प्रतिरोपनी रु एक लाख २२ हजार ६४२ मा ५३ रोपनी खरिद गरिएको गाउँपालिका अध्यक्षको भनाइ छ ।
तपाइँको प्रतिक्रीया