काठमाण्डौं : धनुषामा भएका छुट्टाछुट्टै घटनामा २ जनाको मृत्यु भएको छ ।
शनिवार दिउँसो एक युवकको करेन्ट लागेर र अर्का एक बालकको डुबेर मृत्यु भएको हो ।
जनकपुरधाम उपमहानगरपालिका ११ स्थित लक्षमण अखडा बस्ने १२ वर्षीय कर्ण कुमार दासको अरगजा पोखरीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
दासलाई पोखरीमा डुबिरहेको देखेपछि स्थानीयवासीले उद्दार गरेका थिए । उद्दारलगत्तै प्रादेशिक अस्पताल जनकपुरमा लैजाँदा गर्दा उनको मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ ।
त्यस्तै जिल्लाको मुखियापटी मुसहरनिया गाउँपालिका ६ वैरियाका २६ वर्षीय ललित यादवको करेन्ट लागेर मृत्यु भएको छ ।
तपाइँको प्रतिक्रीया