काठमाडौँ : बैतडीमा पोखरीमा डुबेर एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको पञ्चेश्वर गाउँपालिका–४ कैनपानीका २३ वर्षीया भागरथी चन्द रहेकी छन् ।
उनी घर नजिकै नजिकै रहेको सिँचाइ पोखरीमा डुबेर मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।
प्रहरीले जनाए अनुसा्र उनको बारीमा घाँस काटेर हातखुट्टा धुने क्रममा चिप्लेर पोखरीमा डुबेर मृत्यु भएको हो । अहिले उनको शव परिक्षणका लागि अस्पताल लगिएको छ ।
उनका श्रीमान भने रोजगारीको सिलसिलामा प्रवासमा रहेको प्रहरी जानकारी दिएको छ
तपाइँको प्रतिक्रीया