२०८२ असार ३ मङ्गलबार

राशिफल

नेपाल आइडल सिजन – ४ को विजेता बने भैरहवाका मगर

काठमाडौं : नेपाल आइडल सिजन ४ को विजेता भैरहवाका भुपेन्द्र थापा मगर बनेका छन्।

चार प्रतिस्पर्धीलाई पछि पार्दै उनि सिजन ४ को विजेता बन्न सफल भएका हुन्। उनले ३० लाख रुपैँया र ट्रफी पाएका छन्।

त्यस्तै फस्ट रनरअप झापाका नाम्गेल तामाङ भएका छन्। उनले ५ लाख रुपैँया र ट्रफी पाए भने सेकेन्ड रनरअप रामेछापका रञ्चित नेपाली भएका छन्। उनले ३ लाख रुपैँया र ट्रफी पाए।

त्यस्तै झापाका विश्वास उप्रेती र मोरङकी लक्ष्मी पौडेल क्रमशः चौथो र पाँचौं भए। उनीहरुले गिटार र दस लाख बरारको बीमा पाए ।