मुक्तक १
तिम्रै सिउँदोमा सिँदुर लाउँछु निसकेँ के चाहाना छ
उकाली ओरालीसँगै धाउँछु भनिसकेँ के चाहाना छ
स्विकार हुन्छ भने मेरो मायालाई तिम्रो त्यो दिलमा
छिट्टै म डोलि लिएर आउँछु भनिसकेँ के चाहाना छ
मुक्तक २
मलाई छोड्दा उ आफै पनि पागल हुने रैछ
मेरै यादमा हरेक दिन अनि रातभर रुने रैछ
छुट्ने बेला भन्थी एक्लै बाँच्न सक्छु भनेर
सुन्छु सम्झी सम्झी ति मेरै तस्बिर छुने रैछ
मुक्तक ३
सधैं सधैं तिम्रो उन्नति र प्रगति राम्रो होस्
जता ततै प्रशंसामा कति हो कति राम्रो होस्
खुसी छौ रे सुखी छौ रे पहिला भन्दा धेरै !
फलोस फुलोस त्यो जोडि अत्ति राम्रो होस्
मुक्तक ४
उसँग त अब चोखो माया लाउँछौ होला पक्कै
मैले दिन नसकेको खुशी पाउँछौ होला पक्कै
सँगै जिउने सँगै मर्ने बाचा कसम खान फेरि नि
त्यहीँ मन्दिरमा बेला बेला धाउँछौ होला पक्कै
मुक्तक ५
खाएका ती बाचा र कसम तोड्न मिल्छर सानू
सँगै जिउने अनि मर्ने साथ छोड्न मिल्छर सानू
सानो सानो गल्ती हुन्छञ्मान्छे बाटै सुदार पनि
एकै गल्तीमा सम्बन्ध अन्तै जोड्न मिल्छर सानू
मुक्तक ६
धन दौलतले इमान किन्न कहाँ सकिन्छ र
अनुहार हेरी चरित्र चिन्न कहाँ सकिन्छ र
परिस्थितिसँग हिँड्न सिक्नु पर्छ महोदय
चाहेर नि समयलाई उछिन्न कहाँ सकिन्छ र
मुक्तक ७
खाएका ती बाचा कसम तोड्न गर्दैछौ बाहाना
अनि पराईसँगै सम्बन्ध जोड्न गर्दैछौ बाहाना
धनी पायौ होला र त छोड्दै छौ म गरिबलाई
तिम्रा पाइलाहरु सुख मै मोड्न गर्दैछौ बाहाना
मुक्तक ८
कहिले निको नहुने यो मनमा खिल बनाएर गयौ
यी आँखा भरी सधैं आँसु टिल पिल बनाएर गयौ
यो प्रेमको अदालतमा कसले जित्ने अनि हार्ने !
फैसलाको लागि प्रिय प्रेमीनै वकिल बनाएर गयौ
मुक्तक ९
एउटै हुन्छ रे धड्कन जहाँ फेरि नी सास माया बसेपछि
केही गुमाए नि हुन्छ केहि त पाउने आस माया बसेपछि
आए पनी हजारौं हजार यी नजरमा पलहरुमा ठोकिन
उनै हुन्छ यी नजरमा हरपल मेरो त खास माया बसेपछि
मुक्तक १०
समय पनि किन यति सुस्तरी चलिराछ हिजोआज
हाम्रो मायालाई कुन्नी केल्ले छलिराछ हिजोआज
तिमी त मेरो यो दिलमा छौ भन्ने थाहा हुँदाहुँदै पनि
शंकाले मन भित्र भित्रै किन जलिराछ हिजोआज
लेखक
याम कुमार श्रेष्ठ
दि.रु.म.न.पा.- ११ खोटाङ खार्मी
तपाइँको प्रतिक्रीया