२०८२ जेठ २१ मङ्गलबार

राशिफल

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल सँग एस्टन भिल्ला पराजित

काठमाण्डाै  :  इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई हराएको छ ।

गएराति भएको खेलमा आर्सनलले एस्टन भिल्लालाई १–० गोलले हराएको हो । आर्सनलका बुकायो साकाले खेलको ३०औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो । जितसँगै आर्सनलले २८ खेलमा ५४ अङ्क जोडेको छ । आर्सनल लिगको चौथो स्थानमा छ ।

पराजित एस्टन भिल्लाको २९ खेलमा ३६ अङ्क छ । एस्टन भिल्ला नवौँ स्थानमा छ । २९ खेलमा म्यानचेस्टर सिटी ७० अङ्कका साथ शीर्षस्थानमा कायमै छ ।