२०८२ असार १२ बिहीबार

राशिफल

आज देशका पहाडी भूभागमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं:  मौसम पूर्वानुमान महाशाखाले आज देशका पहाडी भूभागमा चट्याङसहित वर्षाको सम्भावना रहेको जनाएको छ।

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको कारण मौसममा केही बदली हुने भएको हो। यतिबेला देशका पहाडी भूभागमा आंशिक बदली र अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो सुदूरपश्चिम, कर्णाली, गण्डकी प्रदेश र प्रदेश १ लगायतको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र अन्य भूभागमा आंशिक बदली रहने छ। देशका पहाडी भूभागका थोरै स्थानहरूमा चट्याङसहित हल्का वर्षाको र हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।