काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा गठबन्धन होला र चुनाव जितौँला भन्ने नठान्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।
आज पोखरा पुगेका प्रचण्डले बिहान पत्रकार भेटघाटमा माओेवादीले जनतासँगको सम्बन्ध सुदृढ गरेर चुनाव जित्नुपर्ने बताएका हुन् ।
अहिले नेपालको राजनीति दुई धुव्रको विभाजित भएको भन्दै उनले एकातिर लोकतान्त्रिक गणतन्त्र विरोधी र अर्कोतिर यसको पक्षमा दलहरू उभिएको बताए ।
वैशाख ३० गते घोषित स्थानीय तहको निर्वाचन नहुने कुनै कारण नदेखेको भन्दै उनले चुनावको तयारीमा जुट्न नेता कार्यकर्तालाई निर्देशन दिएका हुन्।
तपाइँको प्रतिक्रीया