२०८२ असार ११ बुधबार

राशिफल

कर्णाली प्रदेश सभाका सांसद एवं प्रमुख सचेतक एमालेमा प्रवेश

काठमाडौं :  नेकपा माओवादी केन्द्रबाट कर्णाली प्रदेश सभामा सांसद एवं प्रमुख सचेतक रहेका ठम्मरबहादुर विष्ट आज आइतबार नेकपा एमालेमा प्रवेश गर्दै छन्।

पार्टीको सिद्धान्त र मूल्य–मान्यताविपरीत संसदबाट अमेरिकी अनुदान सहायता सम्झौता एमसीसी पारितमा संलग्न भएको भन्दै विष्टले गत शुक्रबार नै काठमाडौंमा पत्रकार सम्मेलन गरी नेकपा माओवादी केन्द्र त्यागेको घोषणा गरिसकेका छन्।

उनले पार्टीको जिम्मेवारीसहित प्रदेश सांसद र प्रमुख सचेतकको पदबाट पनि राजीनामा दिइसकेका छन्।