काठमाडौं : पर्साको ठोरी गाँउपालिका ३ मा आज आइतवार बिहान टेम्पो दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। अन्य दुई जना सामान्य घाइते भएका छन्।
रामनगरबाट विजयबस्तीतर्फ जाँदै गरेको प्रदेश २-०३-००१ ह ६२८ नम्बरको टेम्पो आज बिहान साढे ३ बजे नियन्त्रण गुमाएर पल्टिएको थियो।
पर्साको ठोरी गाँउपालिका-४ का अन्दाजी ३५ वर्षीय वीरबहादुर विश्वकर्माको मृत्यु भएको हो। घाइते हुनेमा ठोरी ३ का खेलबहादुर विश्वकर्मा र विजय सुनार रहेका छन्। उनीहरूलाई उपचारको लागि स्थानीय मेडिकल पठाइएको जनाएको छ ।
तपाइँको प्रतिक्रीया