२०८२ जेठ २२ बुधबार

राशिफल

युक्रेनको मारिओपोल सहरमा फसेका नागरिकको उद्धारमा समस्या

काठमाडौं : रुसी सेनाले आक्रमण गरिरहेको युक्रेनको मारिओपोल सहरमा फसेका नागरिकको उद्धारमा समस्या भएको छ ।

मारिओपोलमा झन्डै तीन लाख मानिस फसेका छन् । उनीहरुको उद्धारका लागि प्रयास भइरहेको तर रुसी सेनाको अवरोध गरेको युक्रेनको आरोप छ ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी पक्षले निरन्तर आक्रमण गरेको र नागरिकलाई सुरक्षित रूपमा अन्यत्र जान बाटो दिन नसकिएको बताएको छ । तर रुसले भने आरोपलाई अस्वीकार गरेको छ ।