२०८२ जेठ २२ बुधबार

राशिफल

म्यानमारमा कार दुर्घटना, ७ जनाको ज्यान गयो

काठमाडौं : म्यानमारमा कार दुर्घटनामा कम्तीमा पनि सात जनाको ज्यान गएको यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् । म्यानमारको पाथिन चागोथा भन्ने स्थानमा शनिबार भएको कार दुर्घटनामा परी सात जनाको ज्यान गएको अधिकारीहरुले जनाएका छन् ।


एक निजी कार सर्वाजनिक बससँग ठोक्किएर उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ । बसको ठक्करबाट सो कारमा रहेका कम्तीमा सात जनाको ज्यान गएको अधिकारीहरुले जनाएका छन् ।

बसको ठक्करबाट घाइते उनीहरुलाई अस्पताल पुर्याइएको जनाएको छ । मृत्यु हुनेमा तीन जना महिला र दुई बालबालिका पनि रहेका छन् ।