२०८२ असार १ आइतबार

राशिफल

साताको पहिलो दिन आज सुन प्रतितोला ९९ हजार दुई सय रुपैयाँमा किनबेच हुँदै

काठमाडौं :  आइतबार सुन प्रतितोला ९९ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साताको शुक्रबार सुन प्रतितोला ९९ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो।

शुक्रबारको तुलनामा आज सुन प्रतितोला ६ सय रुपैयाँले घटेको हो।

त्यस्तै, आइतबार चाँदी १० रुपैयाँले घटेर प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार चाँदी प्रतितोला १३ सय ८५ रुपैयाँमा करोबार भएको थियो।