काठमाडौं : प्रदेश नम्बर १ सरकारले यही चैत ७ गतेदेखि धनगढीमा हुने मुख्यमन्त्री कप पुरुष भलिबल प्रतियोगितामा सहभागिता जनाउने खेलाडीलाई बिदाइ गरेको छ ।
सुदूरपश्चिम प्रदेश सरकारको आयोजनामा हुन लागेको मुख्यमन्त्री कप पुरुष भलिबल प्रतियोगितामा प्रदेश १ बाट सहभागी हुने खेलाडीलाई सामाजिक विकासमन्त्री राजन राईले सुनसरीको इटहरीबाट बिदाइ गरेका हुन् ।खेलाडीहरूलाई खेल पोसाक र राष्ट्रिय झन्डा हस्तान्तरण गर्र्दै सामाजिक विकासमन्त्री राईले उच्च मनोबलका साथ खेलमा सहभागी हुन शुभकामना दिए ।
प्रतियोगिताको टिम प्रशिक्षकमा दिनेश राई र व्यवस्थापकमा विनोद पाण्डे रहेका छन् । टिममा प्रकाश लावती लिम्बू झापा, सन्देश विष्ट भोजपुर, दिलीप राई ओखलढुंगा, मिलन श्रेष्ठ तेह्रथुम, निश्चल थापा उदयपुर, अनिल श्रेष्ठ ओखलढुंगा, यामबहादुर कटुवाल ताप्लेजुङ, अभिषेक थापा ओखलढुंगा, हिमाल प्रसाइँ ताप्लेजुङ, संयोग नेम्वाङ पाँचथर, दिनेश मगर धनकुटा र प्रविन कटुवाल खोटाङ सहभागी हुनेछन् ।
तपाइँको प्रतिक्रीया