काठमाडौं : नेपाली कांग्रेसले विधान मिच्न सुरु गरेको छ । उम्मेदवार छनोट गर्ने संसदीय समिति समयमा गठन नहुँदा विधानले दिएको समयसीमा लागु नहुने भएको हो ।
विधानको धारा ३३ मा रहेको ‘उम्मेदवारीबारे अन्य व्यवस्था’को ९१० मा ‘कुनै पनि तहको प्रत्यक्ष तर्फको उम्मेदवार मनोनयन दर्ता हुने मिति भन्दा एक महिना पूर्व अन्तिम निर्णय गरिसक्नुपर्ने’ उल्लेख छ ।
विधानको उक्त व्यवस्था अनुसार चैत १० भित्र कांग्रेसले सबै उम्मेदवार तय गरिसक्नुपर्ने हुन्छ ।
तपाइँको प्रतिक्रीया