काठमाडौं : पोखरा महानगरपालिका ३० पावर हाउसस्थित सडकबाट स्रोत नखुलेको नगद २२ लाख रुपैयाँ सहित नवलपरासी पश्चिम सुस्ता गाउँपालिका २ रुपौलिया बस्ने ३० वर्षीय कुलदेव कुमाललाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बा ३ ख ८६२१ नम्बरको बसलाई वडा प्रहरी कार्यालय गगनगौंडा कास्कीबाट खटिएको प्रहरीले जाँचबुझ गर्ने क्रममा बसमा सवार कुमालको साथबाट स्रोत नखुलेको नगद फेला परेको हो।
घटनाका विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
तपाइँको प्रतिक्रीया