२०८२ असार ११ बुधबार

राशिफल

नेविसंघका असन्तुष्ट नेताले गरे पार्टी कार्यालयमा धर्ना

काठमाण्डौं : नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका असन्तुष्ट नेता कार्यकर्ता पार्टी कार्यालय सानेपामा धर्ना बसेका छन् ।

लामो समयदेखि नेविसंघको महाधिवेशन नभएको र विधानअनुसार महाधिवेशनको माग गर्दै आइतबार उनीहरुले धर्ना दिएका हुन् ।

नेविसंघमा उमेर हदबन्दी ३२ वर्ष बनाएर पार्टीले विद्यार्थी नेताहरुलाई जुधाउन खोजेको बताउँदै नेविसंघका नेता अनिल खनालले सो को खारेजी गर्नुपर्ने बताए ।

उनले तरुण दलका लागि पनि ४५ बर्षे उमेर हद लगाएर पार्टीले नेता कार्यकर्तालाई जुधाउन खोजेको बताए ।