काठमाण्डौं : नेपाली काँग्रेसले चैत्र महिनाभित्रै स्थानीय तहको उम्मेदवारी टुंग्याउने भएको छ । सो पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले आगामी स्थानीय निर्वाचनमा पार्टीका तर्फबाट उठ्ने उम्मेद्वारहरुको टुंगो चैत्र महिनाभित्रै लगाइसक्ने बताएका हुन् ।
विभिन्न तहका निर्वाचनमा उठाइने उम्मेदवारहरूको टुंगो लगाउन केन्द्र, प्रदेश, जिल्ला र पालिका तहमा संसदीय समितिको व्यवस्था गरेको बताउदै आगामी स्थानीय निर्वाचनमा पार्टीका तर्फबाट उठाइने उम्मेदवारहरूको टुंगो सोही अनुसार लगाइने बताए ।
तपाइँको प्रतिक्रीया