काठमाडौँ : बराहक्षेत्र नगरपालिकापा–१ कोशीको भङ्गालोस्थित खयरघारीबाट २ सय २१ किलो अवैध लागूऔषध गाँजा प्रहरीले बरामद गरेको छ ।
शनिबार साँझ उक्त गाँजा प्रहरीले बरामद गरेको थियो।
विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगर र ईलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा प्लाष्टिकको ७ वटा बोरामा गाँजा भेटेको थियो ।
घटनावारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तपाइँको प्रतिक्रीया