२०८२ जेठ २१ मङ्गलबार

राशिफल

जनकपुर इन्जिनियरिङ कलेजले दिने भयो विद्यार्थीलाई छात्रवृत्ति

काठमाण्डौं :  नेपाल आविष्कार केन्द्रको पहलमा जनकपुर इन्जिनियरिङ्ग कलेजले ९ जना विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ।

सिभिल इन्जिनियरिङ्गका ५ जना विद्यार्थीका लागि कुल ३२ लाख र कम्प्युटर इन्जिनियरिङतर्फका ४ जना विद्यार्थीका लागि २० लाख छात्रवृत्ति दिने निर्णय गरेको हो ।

सो सहुलियतका लागि नेपाल आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले गरिब तथा जेहनदार विद्यार्थीले कलेजमा सम्पर्क गर्न समेत आग्रह गरेका छन् ।

तथा इन्जिनियरिङ्ग अध्ययन संस्थानले लिने प्रवेश परीक्षामा उत्तीर्ण विद्यार्थीहरुले छात्रवृत्तिका लागि दाबी गर्न सक्ने कुरा कलेजका प्रिन्सिपल इन्जिनियर सागर श्रेष्ठले बताएका छन्।