२०८२ असार ११ बुधबार

राशिफल

देउवाले दिउँसो चार बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाए

काठमाडौँ  :  प्रधानमन्त्री शेर बहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।

देउवाले आइतबार दिउँसो चार बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बोलाएको सहरी विकास मन्त्री राम कुमारी झाँक्रीले जानकारी दिइन ।

अन्य समयमा दैनिक सोमवार बैठक बोलाए पनि आज भने आईतवार नै बैठकको टुङ्गो लागेको हो । आजको बैठकलाई विशेष रुपमा हेरिने भएको पनि उनले बताइन ।

नियमित मन्त्रिपरिषद्को बैठक सोमबार बस्ने भए पनि देउवाले आजका लागि बोलाएको बैठक महत्वपूर्ण रुपमा हेरिएको छ ।