२०८२ असार ४ बुधबार

राशिफल

एक युवती अवैध विदेशी मुद्रासहित विमानस्थलबाट पक्राउ

काठकाडौँ  :  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध विदेशी मुद्रासहित अष्ट्रेलिया जान लागेकी युवतीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गोरखाको बोर्लाङ–८ घर भएकी २३ वर्षीया रन्जिता श्रेष्ठ रहेकी छिन ।

उनी कतार एयरलाइन्सको उडान नम्बर क्यूआर–६४७ मार्फत दोहा हुँदै अष्ट्रेलिया जान लागेकी थिइन् । उनको साथबाट अवैध तरिकाले लुकाएर लैजान लागेको १९ हजार ६ सय अष्ट्रेलियन डलर र ४२ अमेरिकी डलर बरामद गरिएको छ ।

त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले शनिवार पक्राउ परेकी रञ्जितालाई थप अनुसन्धान र कारवाहीका लागी राजस्व अनुसन्धान विभाग हरिहर भवनमा पठाइएको हो । उनको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।