काठमाडौँ : टर्कीमा विश्वकै लामो झोलुंगे पुल निर्माण गरिएको छ ।
यो पुल निर्माण भएपछि लामो समय हिड्नुपर्ने समस्याको दुर भएको छ । पहिला पुल निमार्ण नहँदा लगभग ५ घण्टाको हिड्नुपर्ने बाध्यता रहेको थियो भने अब केवल ६ मिनेटमै उक्त लामो दु्री पार हुने भएको हो ।
यो टर्कीमा युरोपेली र एसियाली तट जोड्ने चौथो पुल हो । राष्ट्रपति तैयप एर्दोगानले टर्कीको डार्डानेल्स सडकमा एशिया र युरोपको बीचमा विशाल झोलुंगे पुलको उद्घाटन गरेका हुन् ।
यो पुल राष्ट्रपतिको सबैभन्दा विशेष परियोजनामा समावेश थियो । यसलाई कम समय र अधिक लागतमा बनाइएको छ ।
उक्त पुल २.५ अर्ब युरो अर्थात २.८ अर्ब डलरको लगानीमा निर्माण सम्पन्न गरिएको हो ।
तपाइँको प्रतिक्रीया