काठमाडौं : सरकारले बेरुजु राख्ने विद्यालयलाई सेवा सुविधाबाट वञ्चित गर्ने निर्णय गरेको छ ।
शिक्षा तथा मानव विकास स्रोत केन्द्रले सबै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाइलाई पत्राचार गरी बेरुजु राख्ने विद्यालयको सूची वेवसाइटमार्फत सार्वजनिक गर्न निर्देशन दिएको हो ।
त्यस्तै बेरुजु भएका विद्यालयलाई बेरुजु फर्छ्यौट नगरेसम्म आगामी दिनमा केन्द्रबाट प्रदान गरिने अनुदान कार्यक्रममा सिफारिस नगर्न पनि निर्देशन दिएको छ ।
बेरुजु भएका विद्यालयका प्रधानाध्यापकहरुलाई बेरुजु फर्छ्यौट नभएसम्म पुरस्कार, सेवा सुविधाका लागि सिफारिस नगर्न पनि केन्द्रले निर्देशन दिएको छ ।
तपाइँको प्रतिक्रीया