काठमाण्डौं : दाङ तुलसीपुर उपमहानगरपालिका ३ का ३० वर्षीय ऋषि परियारले उल्टो हिडेर पूर्वमेचीदेखि पश्चिम महाकालीसम्मको पैदल यात्रा गरिरहेका छन् ।
हिडौं स्वस्थ रहौं’ भन्ने नारा सहित पैदलयात्रा सुरु गरेका उनी ५१ दिनयता देशको एकछेउदेखि आर्कोसम्म छेउसम्म सयौं किलोमिटर उल्टो हिँडिरहेका छन् ।
१५ माघमा झापाको काँकडभिट्टास्थित मेची पुलबाट उल्टो हिँड्न सुरु गरेका उनले आठ सय किलोमिटर पार गरिसकेका छन् ।
पूर्वपश्चिम राजमार्गको करिब एक हजार किलोमिटरमध्ये उनले करिब २०० किलोमिटर हिँड्न बाँकी छ । कञ्चनपुरको महाकाली पुलमा पुगेर उनको यात्रा पूरा हुनेछ ।
यसअघि उनले उल्टो हातले टेकेर दुई किलोमिटर हिँडेर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउने प्रयास गरेका थिए । तर प्राविधिक त्रृटिले त्यो सम्भव भएको थिएन ।
तपाइँको प्रतिक्रीया