काठमाडौँ : वस्तु आयात गर्न एलसी खोल्दा शतप्रतिशत मार्जिन व्यवस्थाले साना व्यापारीले आफूहरू मारमा परेको बताएका छन् ।
नेपाल राष्ट्र बैंकले विदेशबाट वस्तुको आयात गर्न एलसी खोल्दा शतप्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्था गर्दा समस्यामा परेको व्यवसायीहरूले बताएका हुन् ।
नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले सामान आयातमा सतप्रतिशत मार्जिन व्यवस्थाले व्यापारीहरूलाई मानसिक तनाब बढाएको बताए । उनले मार्जिन लागू गर्नुभन्दा अगाडि अर्डर गरेर ल्याइएका सामान समेत विभिन्न बहानामा तीन महिनादेखि भन्सारमा नै रोकिएको बताए ।
कटुवालले सरकारले मार्जिन व्यवस्था लागू गर्नुभन्दा अगाडि अर्डर गरेर खरिद गरिएको समान आयातको विषयमा अध्ययन विना नीति लागू गरेकाले अहिले व्यवसायीहरुलाई मर्का परेको बताए ।
‘अहिले भन्सारमा सामान ल्याउने कन्टेनरको समेत भाडा बढेकाले बजारमा आउने समानको अत्याधिक मूल्यवृद्धि भएको छ,’ उनले भने, ‘साना तथा मझौला व्यवसायीहरुको पहुँच नपुग्ने भएकाले सरकारले साना व्यवसायीहरुलाई उपेक्षा गरेको अध्यक्ष कटुवालले आरोप लगाए ।’
तपाइँको प्रतिक्रीया