२०८२ जेठ २२ बुधबार

राशिफल

‘बोल न माया बोल’ सार्वजनिक (भिडियोसहित)

काठमाण्डौं : गायिका शान्ति श्री परियारको स्वरमा रहेको नयाँ गीत ‘बोल न माया बोल’ भिडियो सहित सार्वजनिक गरिएको छ। उक्त गीतमा इन्दु दनुवारको शब्द रहेको छ भने संगीत बिकास चौधरीको रहेको छ ।

तारा सीतारा प्रोडक्सनले तयार गरेको भिडियोको निर्देशन कृष्ण पौडेलले गरेका छन् । सुजन श्रेष्ठले छायाँकन गरेको भिडियोको सम्पादन युवराज खत्रीले गरेका छन्।

भिडियोमा इन्दु दनुवार, अनिश तिमल्सिना, नवराज कार्की फिचर्ड छन्। भिडियो तारा सीतारा प्रोडक्सनको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।