काठमाडौं : टर्कीले रुस र युक्रेनबीच भइरहेको वार्ता सम्झौता नजिक पुगेको बताएको छ ।
टर्कीका विदेशमन्त्री मेभ्लुत चोभाशुग्लुले युद्धका कारण नागरिकको ज्यान गएका बेलामा सहमति गर्न सजिलो नहुने तर यसको बाबजुद पनि आफूहरु सहमतिका लागि अगाडि बढिरहेको बताएको छ ।
उनले वार्ताको दुवै टोलीसित आफ्नो सम्पर्क भइरहेको पनि बताउनु भएको छ । युक्रेन र रुस दुवैसँग सुमधुर सम्बन्ध भएको टर्कीले युद्ध रोक्न मध्यस्थकर्ताको भूमिका निभाउने प्रयास गरिरहेको छ ।
तपाइँको प्रतिक्रीया