२०८२ जेठ २३ बिहीबार

राशिफल

चीनको जिलिन प्रान्तमा कोरोना भाइरसको सङ्क्रमण बढेपछि प्रतिबन्धात्मक नियमलाई कडा पारियो

काठमाडौं : कोरोना भाइरसको सङ्क्रमण बढेपछि चीनको जिलिन प्रान्तमा प्रतिबन्धात्मक नियमलाई कडा पारिएको छ ।

त्यहाँका नागरिकलाई आउँदो हप्तासम्म घर भित्रै बस्न भनिएको छ । ठूलो सङ्ख्यामा स्वास्थ्य परीक्षण नसकिएसम्म जिलिनका बासिन्दालाई घर भित्रै बस्न भनिएको त्यहाँका अधिकारीहरुले बताएका छन् ।

करिब ९० लाखको आवादी रहेको यो सहरका बासिन्दालाई घरबाट बाहिर ननिस्कन भनिएको बीबीसीले जनाएको छ ।