काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलसहित चार जना नेता आज चीनको बेइजिङ जाने भएका छन्।
आज बिहान ९ बजेतिर पौडेलसहित एमालेका नेताहरू काशीनाथ अधिकारी, पुष्प कँडेल, मीना रखाल चीन जान लागेका छन्।
एमाले केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागको निमन्त्रणामा पौडेलसहित नेताहरू चीन जान लागेका हुन्।
उनीहरूले चिनियाँ विदेश विभागका प्रमुखसँग भेटवार्ता गर्ने कार्यक्रम छ। पौडेलसहित नेताहरू पाँच दिने भ्रमणका लागि बेइजिङ जान लागेको रिजालले बताए।
को
तपाइँको प्रतिक्रीया