काठमाडौं : नेकपा एमालेको पोलिटब्यूरो बैठक आज बस्दैछ। स्थानीय तह निर्वाचनको तयारीबारे छलफल गर्न ११ बजे कार्की ब्याङकेटमा बैठक बस्न लागेको एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले जानकारी दिए।
बैठकमा समसामयिक राजनीतिको समीक्षाका साथै पार्टीको घोषणापत्र निर्माण, उम्मेदवार छनोटको मापदण्ड लगायत विषयमा छलफल हुने एमालेले जनाएको छ ।
स्थानीय तह निर्वाचनबारे छलफल, समसामयिक राजनीति र केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्न बैठक जनाएको छ । विधानअनुसार एमालेका पदाधिकारीसहित ९९ सदस्यीय पोलिटव्युरो रहने व्यवस्था छ।
तपाइँको प्रतिक्रीया