काठमाडौं : नेपाली राष्ट्रिय पुरुष फुटबल टोली आज थाइल्याण्ड प्रस्थान गर्ने भएको छ । एएफसी एशियन कप छनोट तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेल खेल्न थाइल्याण्ड जाने भएको हो ।
नेपाली फुटबल टोलीलाई एन्फाले आईतबार नै बिदाइ गरेको थियो । टोली मध्यान्ह १२ बजे नेपाल एयरलाइन्सको विमानबाट थाइल्याण्ड जान लागेको एन्फाले जनाएको छ ।
नेपाली टोलीले थाइल्याण्डमा रहँदा त्यहाँको राष्ट्रिय र शीर्ष डिभिजन क्लब चोनबुरीसँगको दुई मैत्रिपूर्ण खेल्ने छ। नेपालले चैत १० गते थाइल्याण्डको राष्ट्रिय र चैत १३ गते एक शीर्ष क्लब चोनबुरीसँग मैत्रिपूर्ण खेल खेल्ने भएको छ ।
तपाइँको प्रतिक्रीया