२०८२ जेठ २७ सोमबार

राशिफल

नेपालले पहिलो बलिङ गर्ने

काठमाडौं :   नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ को त्रिदेशीय शृंखलामा घरेलु टोली युनाइटेड अरब इमिरेट्स यूएई विरुद्ध पहिलो बलिङ गर्ने भएको छ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर बलिङ गर्ने निर्णय गरेका हुन् । त्रिदेशीय शृंखलामा नेपालको यो तेस्रो खेल हो । यसअघि यूएईविरुद्धको पहिलो खेलमा नेपाल ४८ रनले पराजित भएको थियो ।

 

नेपाललाई आज उक्त हारको बदला लिने अवसर छ । पहिलो खेलमा पनि नेपालले टस हारेर पहिले बलिङ गरेको थियो । उक्त खेल पनि नेपालले दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमै खेलेको हो ।

प्रतियोगिताको पहिलो खेलमा नेपालले पीएनजीलाई दुई विकेटले हराएको थियो ।