काठमाण्डौं : हिमालपारिको जिल्ला मुस्ताङमा पर्यटकको चहलपहल बढेको छ ।
कोरोनाका कारण सुस्ताएको यहाँको पर्यटनले फेरी गति लिन थालेको हो ।
केही दिनयता म्याग्दी हुँदै सडक मार्ग भएर मुस्ताङ जाने र फर्कने पर्यटकहरुको चाप बेनी–जोमसोम सडकमा बढेको छ ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापको जोमसोमस्थित कार्यालय प्रमुख ऋषि बरालले अहिले आन्तरिक पर्यटकको चाप बढेको र विदेशी पर्यटक पनि मुस्ताङ घुम्न आउन थालेको जानकारी दिए ।
तपाइँको प्रतिक्रीया